arrow

नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
Mugling-narayanghad.jpg
तस्बिर-फाइल

भरतपुर । नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । 

सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । 

उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए  ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । 

विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ