arrow

जुम्लामा हिमपात, जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
Jumla-himpat (3).jpg

जुम्ला ।  आज बिहानदेखि जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । 

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए । 

हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । 

निजी विद्यालयमा पठनपाठन बन्द भएको स्थानीय सरिता थापाले जानकारी दिनुभयो । अहिले लगातार हिउँ परेको छ । सरकारी  कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । 

जिल्लाको  तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । 

हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाले बताइन् । 

स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले  हिउँ पर्दा सहज भएको उहाँको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ