arrow

पोखरामा सात जना जुवाडे रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
kouda-tash-juwa.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सात जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । शनिबार साँझ ७ बजे पोखरा महानगपालिका वडा नं. १२ अमरसिंह प्रगतिनगर टोलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नं. १२ प्रगतिनगर टोल बस्ने वर्ष ६५ को नरबहादुर गुरुङ, फूलवारी बस्ने वर्ष ३७ का बलराम थापा, गुठीटोल बस्ने वर्ष ४४ का भीमबहादुर मगर, लालीगुराँस टोल बस्ने वर्ष ५३ की कृष्ण कुमारी गुरुङ र वर्ष ४९ का जसबहादुर गुरुङ, हस्पिटलचोक बस्ने ५२ को सोमबहादुर तामाङ र गोरखालाईन बस्ने वर्ष ५० की मिना गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट ६४ हजार ८ सय ९५ रुपैयाँ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर सम्बन्धी मुद्धामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ