arrow

झापा पुगेर मेनुकाले भनिन्- नसोचेको सफलता हात पारेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
menuka-poudel.jpg

काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको साङ्गीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताएकी छन् ।

आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भए लगत्तै सोमवार गृह जिल्ला झापा आइपुगेकी गायिका पौडेलले नेपालले सङ्गीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताइन् । 

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठुलो सफलता भएको उनले बताइन्। 

उनले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुसी मिलेको बताइन् । 

उनले यस्तो सफलता आफूले बिरलै पाउने बताइन् । 

बलिउडमा धेरै गीतहरू गाउनका लागि अफर आइरहेको बताइन् ।

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक सङ्गीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ