arrow

स्वास्थ्यमन्त्री र गृहमन्त्रीले 'स्टन्टबाजी' गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
rameshjung.jpg

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

सोमवारबाट शुरु भएको संसद्को हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । 

उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए । उनले सरकारमा बसेका मन्त्रीहरूले उनले नयाँ राजनीतिक दलहरूको नक्कल गरिरहेको बताए । 

सरकारमा बस्ने मानिसहरूले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए । उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए । 

उनले सरकार नौटङ्की गर्ने ठाउँ नभएको बताए ।

उनले भने, ‘स्टन्टबाजी गर्ने बेला नभएको बताए । यो स्टन्ट गर्ने बेला होइन । हामी स्टन्ट गरिरहेका छौँ । नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छाँै । केही नयाँ राजनीतिक पार्टीहरू आएका छन्, जन्मेका छन् । तिनले गरेका कुराहरू । सरकारमा बस्ने मानिसहरूले त काम गर्ने हो । नाटक गर्ने होइन । नौटङ्की गर्ने होइन । नौटङ्की बढी भयो जस्तो लाग्छ । स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ । आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो । गृहमन्त्रीज्यूको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ । तर काम भन्दा आजकाल चर्चा, परिचर्चा बटुल्न लागेको हो की जस्तो लागेको छ । यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा । यसले केही हुँदैन । हामीले इतिहास लेख्ने हो । इतिहास बनाउने हो । इतिहास हामीले नबनाए कसले बनाउँछ ?’

नेता रायमाझीले सरकारले ४ बजे बैठक बोलाएकोप्रति असन्तुष्टि जनाए । उनले १२ बजे नै बैठक बोलाएर छलफल गरेको भए हुने भन्दै सरकारले कर्मकाण्डी रूपमा संसद चलाउन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ