arrow

चिनियाँ कूटनीतिज्ञ वाङ र नर्वेजियन विदेशमन्त्रीबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
wang-yi-chinese-foreign-minister.jpeg

काठमाडौँ । चिनियाँ कूटनीतिज्ञ वाङ यीले सोमबार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङले यस वर्ष चीन र नर्वेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने र दुई देशबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताएका छन् । 

चीनले नर्वे सरकारको एक चीन सिद्धान्तप्रति अडिग रहेको र चीनसँगको मित्रताको प्रशंसा गरेको पनि वाङले उल्लेख गरेका छन् । 

आगामी चरणमा चीन-नर्वे सम्बन्धको थप विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले आपसमा मिल्ने सही दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् । 

त्यसका निम्ति व्यावहारिक सहयोगलाई गहिरो बनाउदै बहुपक्षीय समन्वयलाई सुदृढ गर्नुपर्ने उनको धारणा छ ।

यसैगरी मन्त्री इइदेले नर्वेले एक चीन नीतिलाई दृढताका साथ पालना गर्ने, रचनात्मक वार्ताका माध्यमबाट द्विपक्षीय सम्बन्धको बृहत्तर विकासको वकालत गर्ने र समावेशी, शान्तिपूर्ण, समृद्ध र सबैको हितमा हुने विश्वको संयुक्त रूपमा निर्माण गर्ने बताएका छन् । 

नर्वेजियन पक्षले चीनको विकास मोडेलको रूपान्तरणको प्रशंसा गरेको र जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीहरूको सामना गर्न चीनसँग काम गर्न इच्छुक रहेको उनको धारणा छ ।

 सो अवसरमा दुई पक्षबीच मध्यपूर्वको अवस्थाका बारेमा गहन विचार आदानप्रदान भएको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ