arrow

‘ब्रेन स्ट्रोक’ भएका पूर्व मन्त्री नेम्बाङको यस्तो छ अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
Bashanta_Nembang11.jpg

काठमाडौँ। ‘ब्रेन स्ट्रोक’ भएपछि अस्पताल भर्ना भएका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री  वसन्तकुमार नेम्बाङको अस्पतालमा उपचार भइरहेको छ । 

नेकपा (एमाले) का सांसद नेम्बाङको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा  भइरहेको छ । 

यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उनलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो । 

हाल उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए ।

 “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भने, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्र्कीलगायतका चिकित्सकको समूहले उनको उपचार गरिरहेका छन् ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहेका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित  भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ