arrow

विवाहको १२ वर्षपछि श्रीमान्‌बाट छुटिइन् ईशा देवल, आमा हेमा मालिनीसँग बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
esha-deol.jpg

काठमाडौँ । बलिउड अभिनेत्री ईशा देवल पति भरत तख्तानीसँग अलग भएकी छन् ।

धर्मेन्द्र र हेमा मालिनिकी छोरी ईशाले विवाहको १२ वर्षपछि भरतसँग सम्बन्ध विच्छेद गरेको बताइएको छ । 

भरत तख्तानी र ईशा देवलको अलग भएको खबर लामो समयदेखि चलिरहेको थियो, यसैबीच अभिनेत्रीको बयानले सबै कुरा स्पष्ट पारेको हो । 

 अहिलेसम्म ईशा देवल आफ्ना सन्तानसँग भरत तख्तानीको घरमा बस्थेकी थिइन्, जुन अब उनीहरूको नयाँ घरमा सर्नेछन् । 

 पति भरत तख्तानीसँग अलग भएपछि ईशा आमा हेमा मालिनीको बङ्गलामा सिफ्ट हुन लागेकी छिन् । 

यसका लागि तयारी पनि सुरु भएको छ । 

यस बाहेक दम्पतीले बच्चाहरूको हेरचाह गर्ने निर्णय लिएका छन्। उनीहरूको दुई छोरी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ईशा र भरतले सँगै बच्चाहरूको हेरचाह गर्ने भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ