arrow

नेपाली बजारमा आए टीसीएल ब्रान्डका साउन्डबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
tcl-sound-bar.jpg

काठमाडौँ । घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टीसीएलले अडिओ गुणस्तर अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ। 

टीसीएलका अनुसार साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टीभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ । वायरलेस सबवुफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ । घरको आराममा थिएटर जस्तो वातावरण जस्तै महसुस गराउँछ। 

टीसीएल भन्छ – 'जताततै अल्झिने तारहरुलाई हटाई टीसीएल साउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्दछ । टीसीएलका एस६४३डब्लू, एस५२२डब्लू र एस३३२डब्लू गरी ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन् । अब सहज रूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ ।'

बिश्वब्यापी ब्राण्ड टीसीएलले नबिन उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ