arrow

नेपाल–क्यानडा श्रृंखला

क्यानडाविरुद्ध नेपालको सनसनीपूर्ण प्रदर्शन, ७ रनले विजयी, रोहितको ४ विकेट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
nepal-canada-2024-02-08-fin.jpg

काठमाडौँ । नेपालले क्यानडा विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । नेपालले क्यानडालाई ७ रनले हराएको छ । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए । 

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो । 

जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२.५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो । 

निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए ।  

स्पिनरहरु चम्किएको खेलमा रोहितले ८.५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए । 

त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धातिर ५० ओभरमा २२४ रन बनायो । 

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए । 

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । नेपालको यो क्यानडाविरुद्ध पहिलो एक दिवसीयको जित हो । 

सन् २०१८ मा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक औपचारिक एक दिवसीय श्रृंखला खेलिरहेको हो । 

नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । 

क्यानडा तीन खेलको एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको हो । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।
 

nepal-canada-2024-02-08a (1).jpg
nepal-canada-2024-02-08a (2).jpg
nepal-canada-2024-02-08a (3).jpg
nepal-canada-2024-02-08a (4).jpg
nepal-canada-2024-02-08a (5).jpg
nepal-canada-2024-02-08a (6).jpg
nepal-canada-2024-02-08a (7).jpg
nepal-canada-2024-02-08a (8).jpg
nepal-canada-2024-02-08a (9).jpg
nepal-canada-2024-02-08a (10).jpg
nepal-canada-2024-02-08a (11).jpg
nepal-canada-2024-02-08a (12).jpg
nepal-canada-2024-02-08a (13).jpg
nepal-canada-2024-02-08a (14).jpg
nepal-canada-2024-02-08a (15).jpg
nepal-canada-2024-02-08a (16).jpg
nepal-canada-2024-02-08a (17).jpg
nepal-canada-2024-02-08a (18).jpg
nepal-canada-2024-02-08a (19).jpg
nepal-canada-2024-02-08a (20).jpg
nepal-canada-2024-02-08a (21).jpg
nepal-canada-2024-02-08a (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ