arrow

कांग्रेस प्रचारप्रसार उपसमितिमा सात सदस्य मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
congress-party-office-final.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन स्वयंसेवक परिचालन उपसमितिमा सदस्य मनोनित गरेको छ ।

कांग्रेसले केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार प्रसार उपसमिति’मा आज सात जना सदस्य मनोनित गरेको हो ।

पार्टीले उपसमितिमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल, जगत् प्रजापतिलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ