arrow

निराश राजनीतिलाई आशा जगाउने काम एमालेको हो : पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
shankar-polhrel-208010-15.jpg

दैलेख। नेपाल कम्युनिष्ट पाटी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । 

एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दैै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।

उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । 

उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए ।

नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमालेले अग्रसर भएको उल्लेख गरे । 

पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ