arrow

उद्धार गर्न सरकारको पुगेन पहल

सरकारलाई विश्वप्रकाशको प्रश्न- रुससँग वार्ता गर्न सक्ने क्षमता छ कि छैन ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
bishwaprakash-samiti.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरू फर्काउनका लागि रुससँग कूटनैतिक पहल र संवाद गर्न सक्ने क्षमता देखाउन नसकेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदातालाई बोलाएर संवाद गर्नु बाहेकको पहल गर्न सकेको छ की, छैन ? भन्दै प्रश्न गरे । उनले देशबीच कूटनैतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्न सक्ने स्तरमा छ कि छैन ? भन्ने प्रश्न गरे । उनले रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्याङ्क सरकारसँग नरहेको बताए । उनले नागरिकलाई सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

उनले ६ फेब्रुअरीको साँझ एयर अरेबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ की छैन ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘६ फेब्रुअरीको साँझ एयर अरेबियाको जहाजबाट नेपाल आउन लागेका थिए, सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाल मस्कोबाट । उनीहरू मस्कोको एयरपोर्टमा रसियन सैनिकको गिरफ्तारीमा परे । एक महिनाअघि उनीहरू रसियन सैनिकहरूबाट भागेर मस्को पुगेका थिए । दूतावास पुग्नुअघि पक्राउ परे । उनीहरूलाई फेरि लिएर गइयो र सैनिक सीमामा राखियो । करिब १६ सय किलोमिटर भागेर उनीहरूसँग दूतावासको सम्पर्क भयो । उनहरुले सम्पर्कमै आएकै साँझ विमानस्थल पु¥याउँदा उनीहरू पक्राउ परे । उनीहरू अहिले रसियन सैनिकको गिरफ्तारीमा छन् । उनीहरूको अवस्था के छ ? नेपाल सरकारलाई जानकारी छ की छैन । उनीहरूलाई उद्धार गर्ने सम्भावना के छ ? रसियन सैनिकमा नेपालले अनुमति नदिईकन, रसिया र युक्रेनबीचको बार आफ्नो ठाउँमा छ । जसको अन्त्य होस् भन्ने हामी कामना गर्दछौँ । तर युद्धसँग असम्बन्धित देशका मानिसहरू नेपाल सरकारले अनुमति नदिईकन यहाँबाट मानव तस्कर गरेर लैजानेहरूको सञ्जाल तोड्नका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । यताबाट तोड्नुपर्ने कुरासँगै उताबाट जोडेर ल्याउनुपर्ने कुरामा नेपाल सरकार छ ? सरकारको कुनै न कुनै सम्पर्क भइरहेको, दूतावासको दूतलाई बोलाएर कुरा गरेको भन्दा बाहेक हाम्रो कूटनैतिक पहल, सरकारको क्षमता रसियासँग संवाद गर्न सक्ने स्तरमा छ की छैन ? जम्मा यकिन सङ्ख्या कति छ ? सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ ।’

महामन्त्री शर्माले रुसी सेनामा भर्ती भएकाहरूको उद्धार गर्न सरकारको पहल नपुगेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ