arrow

परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको 'सर्टलिस्ट'मा पारिएको भन्दै आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
Bimala rai.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् । 

उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई ¥याङकिङमा पछाडि धकेल्नेहरू नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशङ्का व्यक्त गरिन् । उनले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनी प्रश्न समेत गरिन् । उनले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गरिन्।

उनले भनिन् – ‘शिक्षामन्त्रीज्यूको नेतृत्वमा एउटा समिति गठन भएको छ । मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ । पहिलो कुरो त मलाई के लाग्छ भने विश्वविद्यालय जस्तो ठाउँलाई हेर्ने मान्छे भनेको, राम्रा मान्छेहरू आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । राम्रो मान्छेहरू नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरू चाहिँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । आवेदनमा कति राम्रा मान्छेहरू परेकै छैनन् । त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरू पनि आएका छन् । किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र ¥याङकिङमा विश्वविद्यालयलाई पछाडि धकेलेका मान्छेहरू पनि आएका छन् । फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर सङ्कल्प गर्दै गर्दा खेरी टेस्टेड र फेल भएका अनुहारहरूलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरूलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरूलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ