arrow

अजिरकोट पालिकाले सर्वोच्चको आदेश लत्यायो, फागुन १ मा दियो सार्वजनिक बिदा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
Ajirkot_Gaunpalika.png

गोरखा । अजिरकोट गाउँपालिकाले सशस्त्र द्वन्द्व (जनयुद्ध दिवस) मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

सर्वोच्च अदालतले फागुन १ मा जनयुद्ध दिवसका अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो।  सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ