arrow

महासमितिअघि कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन ३ गते बिहीबार हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हुँदैछ ।
 
पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्ने गरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको उनले बताए ।
 
महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन सय भन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् । 



नयाँ