arrow

माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
Midea-500ltr.jpg

काठमाडौँ । नेपालका लागि वर्ल्ड नम्बर वान मेजर अपलाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ । 

५०८ लिटरको क्षमतामा उपलब्ध  चेस्ट फ्रिजरमा –२४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुरालाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ ।

कम्पनीका आनुसार माइडियाको  चेस्ट फ्रिजरको फाइभ साइड कुलिङ सिस्टम (फोर साइड्स + बटम स्क्वायर) र माइडिया डी +, क्विक फ्रिजिङ सिस्टम, डी-सेप्ट रेफ्रिजिरेटिङ ट्युब प्लेसमेन्ट, यो चेस्ट फ्रिजरले टु वे युनिफर्म रेफ्रिजिरेशन टेक्नोलोजीको मद्दतले छिटो र प्रभावकारी कुलिङ सुनिश्चित गर्दछ । 

यसले गुणस्तरमा कुनै सम्झौता नगरी  फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहन्छ भन्ने ग्यारेन्टी दिनुका साथै उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकताहरू पूरा गर्न अत्याधुनिक  सुविधाहरू  रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्ने कम्पनीको दाबी छ। 

चेस्ट फ्रिजर १५३० x ७४५ x ८७५ एमएम डाइमेन्सन रहेको कम्पनीले जनाएको छ । यसमा  रहेको ५०८ लिटर क्षमताले आवस्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र  भित्र रहेको एलईडी लाइटले उपभोक्तालाई कम उज्यालो अवस्थामा पनि सहज बनाउने दाबी गरिएको छ। 

कम्पनी भन्छ, "पफर्मेंस मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यन्त उत्कृस्ट रहेको छ, यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ।  यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको छ ।"

कम्पनी अगाडि दाबी गर्दै भन्छ, "माइडिया ब्रान्डका ९९ लिटर, १४३ लिटर, १९४ लिटर, १९८ लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर हुन्, त्यस्तै मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासिङ मेसिन, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न  माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ