arrow

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न सकिँदैन: नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
madhav-nepal-meet.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने बताएका छन् । सोमबार नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताए । उनले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको बताए । 

उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे । उनले गठबन्धनको अहिले कुनै विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष नेपालले लोकतन्त्र, सङ्घीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन । अहिले कुनै विकल्प छैन । लोकतन्त्रको पक्षपोषणहरू को हुन् ? संविधानका पक्षपोषकहरु को हुन् ? सङ्घीयताका पक्षपोषण को हुन् ? ती मित्र नभएर शत्रु हुन्छन् ? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ । तर एउटा कुरा पक्का छ । यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन । यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो । यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरू अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरूलाई साथमा लिएर जाने हो । यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरू छन्, तिनीहरूमध्ये अहिले सामेल भएका दलहरुबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ