arrow

कांग्रेसको महासमिति बैठकका लागि बानियाँको संयोजकत्वमा प्रदेश समन्वय उपसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
indra-baniya-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई प्रभावकारी बनाउन इन्द्रबहादुर बानियाँको संयोजकत्वमा प्रदेश समन्वय उपसमिति गठन भएको छ । 

फागुन १० गतेसम्म हुने बैठकलाई व्यवस्थित बनाउन कांग्रेस बागमती प्रदेशका सभापति बानियाँको संयोजकत्वमा ११ सदस्यीय प्रदेश समन्वय उपसमिति बनाइएको हो । 

१० मनोनित सदस्यहरुमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कर्णाली प्रदेश सभापति ललितजंग शाही, सुदूरपश्चिम सभापति वीरबहादुर बलायर, बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ र बागमती प्रदेशका मुख्य सचिव राजु नेपाल रहेको पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसदा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ