arrow

चौधरी ग्रुपले भित्र्यायो आयोन वाइ विद्युतीय गाडी [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
cg-aiony-nirwana-chaudhary.jpg

काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय गाडीको नयाँ ब्राण्ड आयोन वाइ नेपालमा भित्र्याएको छ । चौधरी ग्रुपले चार दशकअघि मारुती गाडी सार्वजनिक गरेको शोरुम थापाथलीस्थित शोरुमबाट  जीएसी आयोन ब्राण्डको विद्युतीय गाडी  ‘आयोन वाइ’ सार्वजनिक गरिएको हो । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त गाडी सार्वजनिक गरे । योसँगै निकै नै उपयुक्त मूल्यमा गाडीको बिक्री शुरु भएको पनि चौधरीले बताए । यसको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको पनि उनले जानकारी दिए ।

गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिने पनि जनाइएको छ ।

कम्पनीले १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरलेस चार्जर पनि यसमा पाउन सकिने उल्लेख छ ।

cg-aiony-2024-vehicle (1).jpg
cg-aiony-2024-vehicle (2).jpg
cg-aiony-2024-vehicle (3).jpg
cg-aiony-2024-vehicle (4).jpg
cg-aiony-2024-vehicle (5).jpg
cg-aiony-2024-vehicle (6).jpg
cg-aiony-2024-vehicle (7).jpg
cg-aiony-2024-vehicle (8).jpg
cg-aiony-2024-vehicle (9).jpg
cg-aiony-2024-vehicle (10).jpg
cg-aiony-2024-vehicle (11).jpg
cg-aiony-2024-vehicle (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ