चौधरी ग्रुपले भित्र्यायो आयोन वाइ विद्युतीय गाडी [तस्बिरसहित]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
1.5k
Shares
काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय गाडीको नयाँ ब्राण्ड आयोन वाइ नेपालमा भित्र्याएको छ । चौधरी ग्रुपले चार दशकअघि मारुती गाडी सार्वजनिक गरेको शोरुम थापाथलीस्थित शोरुमबाट जीएसी आयोन ब्राण्डको विद्युतीय गाडी ‘आयोन वाइ’ सार्वजनिक गरिएको हो ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त गाडी सार्वजनिक गरे । योसँगै निकै नै उपयुक्त मूल्यमा गाडीको बिक्री शुरु भएको पनि चौधरीले बताए । यसको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको पनि उनले जानकारी दिए ।
गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाई १६५० एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिने पनि जनाइएको छ ।
कम्पनीले १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरलेस चार्जर पनि यसमा पाउन सकिने उल्लेख छ ।