arrow

क्षमता भन्दा बढी यात्रु बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
accident-final.jpg

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । 

मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा भएको हो । दुर्घटनामा दुई महिने बालिकासहित १७ जना घाइते छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । 

क्षमता भन्दा बढी यात्रु बोकेको जीप कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटनामा परेको हो । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

दुर्घटनाग्रस्त जीप घुम्तीदेखि करिब डेढ सय मिटर तल सोही सडकको तल्लो भागमा खसेको थियो । उक्त जीप १३ सिटे हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ