arrow

माओवादीले विधान अधिवेशनबाट प्रत्यक्ष चुनिने व्यवस्था पास गर्ने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
maoist-legislative-meeting-.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गर्न लागेको विधान अधिवेशनबाट प्रत्यक्ष चुनिने व्यवस्था पास गर्ने संकेत देखिएको छ । विधानमा बहुपदीय हटाएर अध्यक्ष आफैँ सुप्रिम कमाण्डर हुने गरी प्रत्यक्ष चुनिने व्यवस्था राख्ने संकेत गरिएको हो । 

सबै तह र केन्द्रीय पदाधिकारी समेत प्रत्यक्ष चुनिने व्यवस्था राख्न गरिएको प्रस्ताव पास हुने संकेत आएको माओवादीका एक उच्च नेताले भने । ‘उपमहासचिव जनार्दन शर्माले राखेको यो प्रस्तावमा माओवादीकै अध्यक्ष प्रचण्डको सहमति रहेको छ’, ती नेताले भने । 

शर्माले पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव पनि राखेको थिए । त्यसलाई भने अनुमोदन गर्ने संकेत गरेको स्रोतको दाबी छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सबै प्रस्ताव विधान सम्मेलनमा प्रस्तुत भएकाले त्यही छलफल हुने बताए । ‘यो वा त्यो भन्ने छैन सबै प्रस्ताव विधान सम्मेलनमा छलफल हुनेछ त्यसका लागि २० ओटा समूह बनाइएको छ, प्रवक्ता सापकोटाले भने । 

लगत्तै विशेष महाधिवेशन गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले पार्टीलाई पहिलो चरणको अभियानले चलायमान बनाएको निष्कर्ष निकालेको थियो । सोमबारको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनलगत्तै पार्टीले विशेष महाधिवेशन गरेर विचार शश्लेषण गर्ने बताएका थिए । 

सोमबारको केन्द्रीय समितिको बैठकबाट विधान अधिवेशन लगत्तै पार्टीको विशेष महाधिवेशनको तयारी गर्ने बताइएको थियो । पार्टीलाई नयाँ छलफल र बहसमार्फत् विधानअनुसार पार्टी चलाउनु पर्ने भएकाले पार्टी विशेष महाधिवेशनतर्फ लाग्ने माओवादीका एक पदाधिकारीले भने ।  

तर मंगलबार भने यो विषयले प्रवेश पाएन । मंगलबारको विधान अधिवेशनबाट संगठनको संरचना भने खुम्च्याउने नीति अघि सारिएको छ ।  पार्टीमा आठओटा मात्रै केन्द्रीय निकाय रहनेछन् । 

त्यसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन् । केन्द्रीय सदस्यहरूले पनि सकेसम्म सानो आकारको सांगठनिक संरचना बनाउन प्रस्ताव गरेका छन् । प्रस्तावित विधानअनुसार आयोगहरू स्वायत्त निकायका रूपमा रहनेछन् । 

आयोगका पदाधिकारी र सदस्यहरू पार्टीका अध्यक्ष कुनै समिति, निकाय वा जनवर्गीय, पेसागत वा सामुदायिक संगठनमा हुनेछैनन् । यस्तो प्रस्ताव स्थायी कमिटीको बैठकमा छलफल गरेर विधान मस्यौदा कार्यदलले तल्लो तहसम्म पठाइसकेको छ । तल्लो तहसम्म पठाइएको विधान मस्यौदामाथि अधिवेशनमा सहभागी प्रतिनिधिहरूले छलफल गर्नेछन् ।

प्रस्तावित विधानमा पूर्णकालीन पदाधिकारी र सदस्यको निर्वाह खर्च पार्टीले गर्ने उल्लेख गरिएको छ ‘जनयुद्ध’मार्फत शान्ति प्रक्रियामा आएको माओवादीको खर्च व्यवस्थापन अस्तव्यस्त बनेको गुनासो बढिरहेको बेला पार्टीले नै खर्च बेहोर्ने कुरा उल्लेख गरिएको हो । 

पार्टीको केन्द्रीय कोषका स्रोतहरू शुल्क तथा लेबी, चन्दा सहयोग, प्रकाशन बिक्री–वितरण, पार्टीको सम्पत्तिको परिचालन र स्रोतका लागि सञ्चालन गरिने उत्पादन कार्य, विशेष कार्यक्रम वा अभियानबाट हुने उल्लेख छ । यसैगरी विधान मस्यौदा समितिले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने नेताविरुद्ध नरम र कडा दुवै खाले सजायको व्यवस्था गरेको छ । 

विधानको धारा ५२ (१) मा उल्लिखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले आलोचना गर्ने वा चेतावनी दिने वा पदबाट घटुवा गर्न सक्ने व्यवस्था गरिएको छ । 

विधान अधिवेशनमा छलफलका लागि २० ओटा समूह बनाएर दिउँसो १ बजेसम्म छलफलको समय निर्धारण गरिएको छ ।
जसमा समूह १ अञ्जना विशंखे

समूह २ अमृता थापा

समूह ३ ओनसरी घर्ती

समूह ४ कमला रोका

समूह ५ कालीबहादुर मल्ल

समूह  ६ कुलप्रसाद केसी

समूह ७  खगराज भट्ट

समूह ८  गणेशमान पुन

समूह ९  जयपुरी घर्ती

समूह १० जोखबहादुर महरा

समूह ११  नारायणप्रसाद दाहाल

समूह १२ परशुराम तामाङ

समूह १३ पूर्णकुमारी सुवेदी

समूह १४ प्रह्लाद बुढाथोकी

समूह १५  महेश्वरजंग गहतराज

समूह १६ विश्वनाथ साह

समूह १७ यशोदा सुवेदी

समूह १८ शशी श्रेष्ठ

समूह १९ सत्य पहाडी

समूह २० हकिकुल्ला खाँ
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ