arrow

एमाले दैलेख जिल्ला अध्यक्षमा शाही

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
uml-fkag.jpg

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन भएका छन् । 

एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालयजङ्ग शाह ,उपसचिवमा मीनबहादुर बुढा क्षेत्री र महिला उपाध्यक्षमा तारा सोनी निर्विरोध निर्वाचित भएको नेकपा एमालेका जिल्ला समिति सदस्य यामनारायण उपाध्यायले बताए । 

शाही अघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ