arrow

माछापुच्छ्रे बैंकले कन्या क्याम्पसलाई दियो चार थान मल्टिमिडिया प्रोजेक्टर   

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
machhapuchhre-bank-kanya-ca.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी  क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । 

क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले उक्त प्रोजेक्टर डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाइ क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो ।  

माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ । 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यकासाथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ