arrow

गौरका मेयर साहको सुपारी लिएका सुटर भारतको तामिलनाडूबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
crime-final-everytime-use.jpg

रौतहट । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडूबाट पक्राउ गरिएको छ।

मेयर साहको हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

बाराको कलैयामा रहेको बाल एकता इंग्लिश बोर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्याकाण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गौरका मेयर साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए ।

रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको अनुसन्धानपछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछि अपराधी भारतको तामिलनाडूमा लुकेर बसेको एक अनुसन्धानपछि जानकारी आएको थियो ।

रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख रुपैयामा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थियो । 

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडूमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडू प्रहरीले संयुक्त अपरेशन थालेर पक्राउ गरेको थियो । संयुक्त अपरेशनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ।

गौर नगरपालिकाको मेयर शम्भु साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेको छैन । प्रहरीले मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाईसमेत बुझाउने व्यक्ति वा गिरोहमा को–को छन् भन्ने केही दिनमै भन्डाफोर हुने बताइएको छ।

यसबारे गौरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ