कांग्रेस महासमितिका लागि दुई दर्जन भन्दा बढी स्वागत गेट, बीपी र देउवाको तस्बिर [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
872
Shares
काठमाडौँ । नेपाली कांग्रेस महासमिति बैठक लागि दुई दर्जन भन्दा बढी स्वागत गेट बनाइने भएको छ ।
महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ भने गेटमा गेटमा पार्टीका संस्थापक नेता बिपी कोइराला र सभापति शेरबहादुर देउवा तस्बिर राखिने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर बैठकको लागि तयार पारिने स्वागत गेटमा बिपी र देउवाको तस्बिर राख्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने रहेको बताए ।
उनले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङ रोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झन्डा राखिने बताए । उनले स्वागत गेट काठमाडौँका नागढुंगा, कलङ्की, गोङ्गबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्य विनायक, कमल विनायक, कौशलटार, जडीबुटी, काभ्रेपलान्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने बताए ।
सहभागीहरूलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ । उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रम स्थलमा रक्तदान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ ।