arrow

'सिंघम ३' का खलनायकको यस्तो 'लुक'

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
singham-3-arjun-kapoor.jpg

काठमाडौँ । बलिउड अभिनेता अजय देवगन र रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सिंघम ३’ बाट अहिलेसम्म नायकको पोस्टर देखिँदै आएको थियो । 

अब रोहित शेट्टीको यो फिल्मबाट खलनायकको लुक पनि सार्वजनिक भएको छ । ‘सिंघम ३’ मा अर्जुन कपूर खलनायकको भुमिकामा रहेका छन् । 

अर्जुन कपुरले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा ‘सिंघम ३’ को नयाँ लुकको तस्बिर शेयर गरेका छन् । 

पहिलो तस्बिर मा अर्जुन कपुरको अनुहारमा धेरै रगत लागेको देखिएको थियो भने दोस्रो तस्बिर मा अर्जुन कपुर र रणवीर सिंह आमनेसामने देखिएका छन् । 

अर्जुन कपुरको यो लुक निकै भाइरल भइरहेको छ । फ्यानसँगै ट्रोलले पनि ‘सिंघम ३’ बाट अर्जुन कपूरको लुकको तारिफ गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ