arrow

यात्रुलाई नशालु लड्डु खुवाएर लुट्ने लुटेरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
pattel-pakarau.jpg

पोखरा । सार्वजनिक सवारी साधनमा हिँड्ने यात्रुहरुलाई लठ्याई लुटपाट गर्ने मनसायले नशालु पदार्थ लड्डुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला संग्रापुर बने वर्ष ४६ का दिलिप पटेललाई छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्नेक्रममा पोखरा महानगरपालिका वडा नं. ९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि यसअघि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई नशालु पदार्थ सेवन गराई लुटपाट गरेको आरोप छ ।

सोही सूचनाका आधारमा निगरानी गरेको र अहिले उनी नशालु पदार्थ राखिएको लड्डुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्वकाे कसुरमा ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ