arrow

इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्टमा भारत उच्च योगफलतर्फ, रोहितको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
rohit-sharma-bcci-2024-02-1.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा भारत उच्च योगफलतर्फ अगाडि बढेको छ । राजकोटमा बिहीबारदेखि शुरु भएको तेस्रो टेष्टमा शुरुआत राम्रो नभए पनि चौथो विकेटका लागि कप्तान रोहित शर्मा र अलराउन्डर रविन्द्र जडेजाले गरेको साझेदारीपछि भारत उच्च योगफलतर्फ अगाडि बढेको हो । 

कुनै समय भारतले ३३ रन जोड्दा शुरुआती तीन विकेट गुमाइसकेको थियो । रोहितले ११ औँ टेष्ट शतक बनाएका छन् । जडेजा पनि शतक नजिक पुगेका छन् । भारतले ५७ ओभरमै दुई सय रन पार गरिसकेको छ । 

पाँच खेलको श्रृंखलाको पहिलो खेल इङ्गल्याण्डले र दोस्रो खेल भारतले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ