arrow

एमाले केन्द्रीय कमिटी मंगलबारदेखि, पार्टी कार्यालय बनाउन सय रुपैयाँ चन्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
uml-sachibalaya-2080-07-22.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी मंगलबारदेखि बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकमा पछिल्ला समसामयिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने बताइएको छ ।

त्यसैगरी सचिवालय बैठकले पार्टी कार्यालय बनाउनका लागि एक सय रुपैयाँ चन्दा उठाउनेसमेत निर्णय गरेको छ । पार्टीको जग्गा तत्कालीन पार्टी मुख्यालय रहेको स्थल मदननगर बल्खुमा छ । 

एमालेले अब पुरानै ठाउँमा पार्टी कार्यालय निर्माण गर्ने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ