arrow

सरकारी तथा संघसंस्थाका छाप र जरायोको सिङसहित तीन युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
salish-banstola-pakrau.jpg

पोखरा । कास्की प्रहरीले लिखतसम्बन्धी कसूरमा बुधबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ पुरुनचौर घर भइ हाल नयाँबजार बस्ने वर्ष २८ का सतिश बास्तोला, चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ छन् ।

वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पोखराको नयाँबजारस्थित ब्लुुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।

साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्यूटरसमेत उनीहरुको साथबाट बरामद गरिएको डीएसपी विकले जानकारी दिए ।

पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० दिन म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।

साथै जंगली जनावरको सिङसमेत बरामद गरिएकाले उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइने भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ