arrow

एक समय शाहरुख भन्दा ठूला स्टार थिए जोनी लिभर, गरे प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
saharukh.jpeg

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानको जोनी लिभरले प्रशंसा गरेका छन् । एक अन्तर्वार्तामा शाहरुख खानको मेहनतको उनले प्रशंसा गरेका हुन् । 

शाहरुख खान र जोनी लिभरले ‘करण अर्जुन’, बाजीगर जस्ता धेरै राम्रा फिल्ममा सँगै काम गरेका छन् ।

एक समय जोनी लिभर शाहरुख खानभन्दा बढी चर्चित थिए । जोनी लिभरले भनेका छन्, ‘जब शाहरुख खान फिल्म ‘बाजीगर’ मा देखिए, तब मानिसहरूले मलाईलाई किङ खान भन्दा बढी चिन्थे । सो समयमा म स्टार थिएँ र शाहरुख खान भर्खरै उदाइरहेका थिए।' 

जोनी लिभरले शाहरुख खानको प्रशंसा गर्दै भनेका छन्, ‘पहिले डान्स र एक्सन सिनमा निकै कठिनाइको सामना गर्नुपर्थ्यो तर शाहरुख खानले आफ्नो मिहिनेतले यसलाई निकै राम्रो बनाएका छन् । उनले आफ्नो मिहिनेतले यो स्थान हासिल गरेका हुन् ।'

शाहरुख खानले सन् २०२३ मा बलियो कमब्याक गर्दै ट्रेलहरूलाई मौन बनाएका छन् । उनका फ्यानसँगै बलिउड स्टारहरूले पनि शाहरुख खानको धेरै प्रशंसा गरिरहेका छन् । अर्जुन रामपालले पनि एक अन्तर्वार्तामा शाहरुख खानको मेहनतको प्रशंसा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ