arrow

तेस्रो टेष्टमा भारतले बनायो ४४५ रन, रोहित र जडेजाको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
sarfaraz-khan-india.jpg
डेब्यु खेलाडी सर्फराज खान ।

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको तेस्रो टेष्ट क्रिकेटको पहिलो इनिङ्समा भारतले ४४५ रन बनाएको छ । राजकोटमा बिहीबारदेखि शुरु भएको तेस्रो टेष्टमा शुरुआत राम्रो नभए पनि चौथो विकेटका लागि कप्तान रोहित शर्मा र अलराउन्डर रविन्द्र जडेजाबीच २०४ रनको साझेदारी भएसँगै भारतले उच्च योगफल खडा गरेको हो । 

रोहितले ११ औँ शतक बनाउने क्रममा १३१ तथा जडेजाले चौथो शतक बनाउने क्रममा ११२ रन जोडे । त्यस्तै डेब्यु खेलाडी सर्फराज खानले ६६ बलमा ६२ तथा अर्का डेब्यु खेलाडी ध्रुव जुरेलले ४६ रन जोडे । 

इङ्गल्याण्डका मार्क उडले ४ विकेट लिए । रेहान अहमदले २ विकेट लिए । जवाफमा इङ्गल्याण्ड ब्याटिङमा उत्रिएको छ । 

पाँच खेलको श्रृंखलाको पहिलो खेल इङ्गल्याण्डले र दोस्रो खेल भारतले जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ