arrow

चुनावमा २७ मतदान कर्मचारीको मृत्यु, नौ हृदयाघातबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
indonesia.jpg.jpeg
तस्बिर – फाइल ।

जकार्ता । इन्डोनेसियाको सन् २०२४ को आम निर्वाचनमा कूल २७ जना मतदान कर्मचारीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सिती नादिया तरमिजीले फेब्रुअरी १० देखि १५ सम्म मन्त्रालयलाई प्राप्त जानकारीका आधारमा मतदान अघि, मतदानका क्रममा र मतदानपछि उनीहरूको मृत्यु भएको बताएका हुन् । 

मृत्युको मुख्य कारण हृदयाघात रहेको पाइएको छ जसमा ९ जनाको हृदयाघातबाट ज्यान गएको तरमिजीले बताएका छन् । 

अन्य कारणहरूमा सवारी दुर्घटनाबाट चार जनाको, दुई जनाको विद्युतीय झड्काबाट मृत्यु भएको छ भने उच्च रक्तचाप र श्वासप्रश्वासजन्य जटिलताबाट दुई जनाको मृत्यु भएको छ । बाँकीको निधन बारे पुष्टि हुन बाँकी छ ।

इन्डोनेसियाको बुधबारको आम चुनावमा २०४ मिलियन भन्दा बढी मतदाता आठ लाख २३ हजार २२० स्टेशनमार्फत ५।७४ मिलियन भन्दा बढी मतदान कार्यकर्ता सहभागी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी सन् २०१९ को आम निर्वाचनमा मृत्यु भएका मतदान कर्मचारीहरूको सङ्ख्या ८९४ पुगेको थियो ।  आकस्मिक मृत्युलाई रोक्न सरकारले स्वास्थ्य परीक्षण लागू गरेको छ र मतदान कर्मचारीको लागि अधिकतम उमेर सीमा ५५ वर्ष तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ