arrow

बालकुमारी घटनाका दोषी मन्त्रीलाई कारबाही गर्न माग गर्दै एमालेको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
prakash-jwala-2080-09-16.jpg

काठमाडौँ । बालकुमारी घटनाका दोषी मन्त्रीलाई कारबाही गर्न माग गर्दै एमालेले संसद्मा विरोध गरेको छ ।  

प्रतिनिधि सभाको बैठकमा आज नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले घटनमा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेका हुन् । 

बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी देखाइएको छ ।

उनले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरुको निधन भएको घटनामा   मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरे । 

उनले सरकारले गठन गरेको छानविन समितिले मन्त्रीको कमजोरी औंल्याएको भन्दै मन्त्रीलाई अविलम्व बर्खास्ती गर्नुपर्ने बताए । उहाँले सिपाईलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी समेत दिए ।

उनले भने – ‘नेपाल सरकारले बनाएको आयोगले निष्कर्ष निकाल्यो, सरकारको मन्त्री दोषि भन्यो । तर सरकारका मन्त्री मुख्य दोषि भनेर किटान गरेको आज २८-३० घण्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । प्रधानमन्त्रीज्युले मुख्य दोषि भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको सूचना पाएनौँ । हामी सुन्दै छौँ, सामान्य सिपाईहरुलाई कारबाहीको डण्डा अनि मन्त्रीहरुलाई उन्मुक्ति यो हुन सक्दैन । हामीले गम्भिरताका साथ सिपाईलाई डण्डा, मन्त्रीलाई झण्डा । जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यहीँ हो ? यो गम्भिर प्रश्न गर्न चाहन्छौँ । त्यसकारण अविलम्व त्यस घटनासँग जोडिएका मन्त्री र सिंगो गृहप्रशासन नेतृत्व गर्ने गृहमन्त्री पनि यसमा जोडिने अवस्था छ । यस तर्फ पनि सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि त्यो घटनामा जोडिएका मन्त्रीहरुलाई अविलम्व जिम्मेवारीबाट हटाइयोस् । बर्खास्ती गरियोस् ।’

सचेतक बर्तौलाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छानविन गरिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले आर्थिक अनियमितता र भ्रष्टाचारको आशंकामा भएको व्यक्तिलाई मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुँगा रटाइ भाषण सुन्न आफूहरु तयार नभएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ