arrow

मित्रमिलन सहकारीका कानूनी सल्लाहकार धरौटीमा छुटे

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
janakalyan-parajuli.jpg

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीको रकम अपचलनमा जोडिएका अधिवक्ता जनकल्याण पराजुली धरौटी बुझाएर रिहा भएका छन् । पराजुलीली सहकारीका कानूनी सल्लाहकार हुन् ।

सहकारी घोटला काण्डमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनी आइतबार स्वयं अदालतमा उपस्थित भएका थिए ।

उनलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतले मागेजति धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

सहकारीको यहि मुद्दामा सञ्चालक समितिका अध्यक्ष, पदाधिकारीसहित ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ परेकामध्ये सहकारीका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारी, हरेराम भण्डारी जनही ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर रावत १२ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सञ्चालक समिति सदस्य गोपाल खनाल, सल्लाहकार राजु बराल, सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ