arrow

मोवाइल चोरी गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
mobilw-chori-pokhara.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मोवाइल चोरीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा विरुवा गाउँपालिका वडा नं. ८ आरुखर्क घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १२ माटेपानी गुम्बाफेदी बस्ने बर्ष २१ का प्रेम गुरुङ छन् ।

प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार गुरुङले गत माघ १४ गते पोखराको महेन्द्रपुलस्थित मोवाइल कभर हाउसबाट मोवाइल चोरी गरेका थिए ।

मोवाइल चोरी भएको सूचनाका आधारमा कास्की प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान १० बजे पोखराको छोरेपाटनबाट गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङको साथबाट पसलबाट चोरी भएको आइफोन एघारको १, आइफोन एक्स १, सामसुङ १, रेडमी १ गरी ४ थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ