arrow

झापाको ‘बालुवाटार काण्ड’ मा माओवादी नेतालाई चार करोड बढीको जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
gagan-puri-2080.jpg

काठमाडौँ । झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेका माओवादी केन्द्रका नेतालाई चार करोड बढी जरिवाना हुने भएको छ । 

माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन) लाई विशेष अदालतले चार करोड तीन लाख ३४ हजार जरिवाना हुने फैसला गरेको छ । 

अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सजाय निर्धारण गरी नेता पुरी र निजकी श्रीमती सीमा भनिने केशावती पुरीलाई रु चार करोड तीन लाख ३४ हजार आठ सय ९४ जरिवाना सुनाइएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले झापाको ‘बालुवाटार काण्ड’ भनेर उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएको सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसला भएको जानकारी दिए । 

प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ भने कृष्णकुमारी पुरी र सङ्गीता पुरीको नामको जग्गा जफत नहुने फैसला गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ