arrow

आजबाट एमाले केन्द्रीय कमिटी बैठक, ओलीले सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दै छ । 

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक यही फागुन ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकको लागि ६ वटा कार्यसूची तय गरेको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । 

साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । 

यसै गरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ