प्रचण्डले भने- त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ
बालकुमारी घटनामा छिट्टै निर्णय लिइने
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
816
Shares
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका पत्रकारलाई उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।”
प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने बताए ।