arrow

ठगी आरोपमा वडाध्यक्ष सुवेदी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
Dipak-subedi-kaski.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सुवेदीलाई ठगी आरोपमा आज साँझ पक्राउ गरेको हो ।

झुक्याएर एक महिलाको २ करोड बराबरको घर खाइदिएको आरोप उनीमाथि छ । आफू ठगीमा परेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष सुवेदी पोखरास्थित मित्रमिलन सहकारीको रकम अपचलन प्रकरणमा आजै जिल्ला अदालतमा ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सुवेदी आज आफै अदालतमा उपस्थित भएका थिए ।

सुवेदीलाई अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।

अदालतले मागेजति धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

उनलाई बुधबार अदालत पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ