arrow

कांग्रेस महासमिति बैठक

पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेटको समय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
congress-mahasamiti-2080-11-09.jpg

गोदावरी । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । 

समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । 

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ । 

कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म सञ्चालन हुनेछ । समूहगत छलफलमा बुधबार सबै सहभागीहरुले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी गराए ।

उनले भने, ‘‘‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ । सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउनु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ