arrow

रुसका छ अधिकारीलाई बेलायतमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
Putin-navalni-russia.jpg
तस्बिर – बायाँ नाभाल्नी दायाँ पुटिन ।

लण्डन । बेलायतले नाभाल्नीको मृत्यु भएको रुसी जेलका ६ जना अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले बुधबार बेलायतले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु भएको ‘पेनल कोलोनी’ का प्रमुख छ जना अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

‘नाभाल्नी प्रतिको क्रूर व्यवहारका लागि जिम्मेवार व्यक्तिहरू कुनै भ्रममा नपरे हुन्छ, हामी उनीहरूलाई जवाफदेही बनाउँछौँ’, क्यामरुनले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विपक्षी नाभाल्नीलाई मार्न निर्देशन दिएकोसमेत आरोप छ ।  

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ