arrow

महासमिति प्रतिनिधि नभएकै व्यक्ति कांग्रेस बैठकमा बसेर बोलेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
congress-mahasamiti-2080z.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा घुसपैठ भएको छ । महासमिति प्रतिनिधि प्रतिनिधि हुनका लागि स्थानीय तहमा गर्नुपर्ने रस्साकस्सी र राजनीतिको सामना नगरी गैर महाधिवेशन प्रतिनिधि बैठकमा सहभागी भएर बोलेपछि गोदावरीमा जारी महासमिति बैठकमा विवाद भएको छ । 

बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा गैरप्रतिनिधि स्याङ्जाका मेखलाल श्रेष्ठले बोलेपछि विवाद भएको हो । उनी गण्डकी प्रदेशका उपसभापति हुन् । तर उनी महासमिति प्रतिनिधि हैनन् । 

बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएपछि प्रतिनिधि नभएका व्यक्तिलाई कसरी महासमितिमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि बोल्ने समय दिइयो भन्दै विवाद भएको हो । उनले बोलेपछि भने उनको रेकर्ड हटाउन भनिएको छ । 

गोरखा जिल्ला सभापति नन्दु न्यौपानेले दिएको जानकारी अनुसार महासमिति प्रतिनिधि नभएको जानकारी गराएपछि बागमती प्रदेश सभापति इन्द्र बानियाँले रेकर्डबाट श्रेष्ठले बोलेको कुरा हटाउन निर्देशन दिएका थिए । 

गत ७ देखि जारी महासमिति बैठक आज सकिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ