arrow

माछापुच्छ्रे बैङ्कद्वारा भिडियो केवाईसी सेवा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
machhapuchhre-bank-mbl-head-office.jpg
तस्बिर : फाइल

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवा सुरु गरेको छ। उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्न छन्।

यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरू बैङ्कमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैङ्कसम्म आउनु पर्ने छैन।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैङ्कमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैङ्कले जनाएको छ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने  छ। हाल बैङ्कले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भिडियो केवाईसी सेवाको उपयोग गरी बैङ्क सम्म पुग्नु पर्ने झन्झट हटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ