arrow

नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य - शशांक कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
sasank-koirala-11-10.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् । बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुने बताए । 

उनले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताए । उनले ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरू बन्ने कुरा राम्रो नहुने बताए ।

उनले भने, ‘धर्म सम्बन्धी एउटा कुरा हो । धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायाँै, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ । गठबन्धन आफ्नो साथीहरूसँग गर्नुस् । नेपाली कांग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरूको बन्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ ।’

उनले चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताए ।
 



नयाँ