arrow

पार्टीभित्र अनुशासनको डन्डालाई दह्रो बनाउनुपर्छ : गोपालमान श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
gopalman-new-FNL.JPG.jpeg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीभित्र अनुशासनको डन्डालाई दह्रो बनाउनुपर्ने बताएका छन् । 

बिहीबार पार्टीको महासमिति बैठकको समापन सत्रमा सम्बोधन गर्दै पूर्व उपसभापति श्रेष्ठले पार्टी भित्र अनुशासनको डन्डालाई दह्रो बनाउनुपर्ने बताएका हुन् । 

उनले अनुशासनको डन्डालाई दह्रो बनाउन सके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताए । उनले कार्यकर्ताहरूलाई अनुशासनमा राख्न नसकेर विद्रोह र अन्तर्घात गर्नेहरूलाई काखी च्यापेमा त्यसले राम्रो परिणाम दिन नसक्ने बताए ।

उनले भने – ‘हामीले पहिलै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउनु परेको छैन । हामी सङ्गठित हौँ । हाम्रो पार्टीलाई अनुशासनमा राख्न सकौँ । अनुशासनको डन्डालाई दह्रो बनाउन सक्यो भने हामी ठुलो पार्टी मात्रै होइन बहुमत ल्याउन सक्ने पार्टी बनाउन सक्छौँ । जब साथीहरूलाई अनुशासनमा राख्न सक्दैनौँ । साथीहरूलाई अनुशासनमा राख्न नसकेर विद्रोह गर्ने साथीहरूलाई, अन्तर्घात गर्ने साथीहरूलाई जब काखी च्याप्छौँ । काखी च्यापेपछि त्यसको परिणाम यस्तै भोग्नुपर्छ । त्यसले गर्दा हामी एक भएर अगाडी बढौँ । राम्रोसँग सङ्गठन गरेर अगाडी बढ्यौँ भने आगामी ०८४ मा कसैसँग मिल्नु पर्दैन । कसैसँग सम्झौता गर्नुपर्दैन । पार्टीमा न्याय गर्ने पद्धति हुनुपर्‍यो ।’

उनले पार्टी सङ्गठन राम्रो बनाएमा ०८४ सालमा कसैसँग मिल्नु नपर्ने उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ