arrow

क्यान इन्फोटेक सुनसरीः मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
can-info-tech-sunsari-2024.jpg

सुनसरी । निकै तामझामका साथ बिहीबारदेखि सुनसरीमा शुरु भएको क्यान इन्फोटेक पहिलो दिन नै अवलोकनकर्ता नपाएपछि सुनसान बनेको छ । क्यान सुनसरीभित्रै आन्तरिक किचलो हुँदा अहिलेको नेतृत्वमाथि प्रश्न उठेको छ । सोही कारण सदस्यहरू रुष्ट बनेपछि यसपालिको क्यान इन्फोटेक असफलतातर्फ धकेलिएको छ । 

एक सदस्यले भने, ‘परिवारका सदस्य र आफन्त भेला गरेर आयोजना गरेको क्यान इन्फोटेक असफलतातिर गयो । यो त संस्थाकै बेइज्जत भयो ।’ उनका अनुसार बिहीबार कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरेका थिए । 

तर ६५ वटा स्टल राखिएको क्यान इन्फोटेकमा २१ वटा बाहेक सबै स्टल खाली थिए । उद्घाटनमै अगाडिका कुर्सी सबै खाली देखेपछि मन्त्री कार्कीले दुई मिनेटमै मन्तव्य सकेका थिए । 

मन्त्री कार्कीले स्टलहरु अवलोकन गर्दा धेरैजसो खाली थिए । आयोजकले ढंग नपुर्याइ वरीयता बिगारेर उपेक्षा भएपछि इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल मन्तव्य नै नराखी कार्यक्रमस्थलबाट बाहिरिएका थिए । 

मेला पाँच दिनसम्म चल्ने भनिए पनि पहिलो दिनको अवस्था देख्दा छिट्टै नै सकिने अवस्था देखिएको छ । र पनि आयोजकले भने एक लाख अवलोकनकर्ता भित्र्याएर कम्तीमा तीन करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छ । 

क्यान सुनसरीमा डेढ सयको हाराहारीमा सदस्यहरु रहेका छन् । तर अधिकांश सदस्यहरु उद्घाटनमा उपस्थित थिएनन् । 

क्यान सुनसरी इटहरी क्षेत्रका केही कम्प्युटर व्यवसायीहरुको कब्जामा परेपछि धरान, इनरुवा, दुहबी लगायतका सदस्यहरू निस्कृिय रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ