arrow

अन्ठानब्बे कर्मचारीको दरखास्त माग्यो नागरिक उड्डयन प्राधिकरणले [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
civil-aviation-authority.JPG

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ। प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशन गर्दै ९८ जना माग गरेको हो । 

प्राधिकरणले आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका लागि पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

प्राधिकरणले प्राविधिकतर्फ दशौँ तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृतमा १–१ जना, एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा ४३ जना दरखास्त मागेको हो। त्यस्तै विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि आवेदन खुला गरेको प्रधिकरणले जनाएको हो।

प्राधिकरणले प्राविधिक सहायक एभिएशन फायर सर्भिसेसतर्फ १७ जना माग गरेको छ । योग्य नेपालीहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ