तेस्रो संस्करणको बिग सीजी डेः ८०० भन्दा बढी सामानमा भारी छुट र क्यासब्याक
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
993
Shares
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल बिग सीजी डे आज शनिबारबाट शुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रूपमा मध्यरातदेखि शुरु भएको हो।
यस वर्षको बिग सीजी डे विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव प्रदान गर्ने सीजी डिजिटलले आश्वासन दिएको छ।
बिग सीजी डेको मुख्य हाइलाइटहरु ८००+ सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भौचर, २४ हजारसम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एक जना लक्की विजेता जसले आफूले किनेको सामान बराबरको अर्को सामान निःशुल्क किन्न पाउने, ४ हजार १४१ सम्म सीजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।
बैंक छुटको सन्दर्भमा, बिग सीजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्नेछन् ।
नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन् । तसर्थ ग्राहकहरूलाई बिग सीजी डे शुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न डिजिटलले अनुरोध गरेको छ ।
बिग सीजी डेको पहिलो दिन शनिबार अपरान्ह ४ बजे आफ्नो सोसल मिडियामार्फत लाइभ शो गर्ने कम्पनीले जनाएको छ । सलोन बस्नेतलगायत विभिन्न चर्चित कलाकारहरुसँगको कुराकानी रहने कम्पनीले जनाएको छ ।
साथै विभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ । लाइभ हेर्नको लागि सीजी डिजिटलको फेसबुक पेजमा जान पनि कम्पनीले आग्रह गरेको छ ।
बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, ब्ल्याक प्लस डेकर, क्रम्पटन, एलिका,सेन्साइ), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्सका विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको हो ।